हाम्रो घरमा मुसा याताउता दौडिरहेको हुन्छ । मुसा देख्ने बित्तकै हामि मार्न वा लखेट्न कस्सिने गर्छौ ।

तपाइलाई थाहा छ, हामिले साचे भन्दा ठुलो मुसा पनि हुन्छ । ठुलो मुसाले धेरै काममा सहयोग पनि पुर्याउछ । यस्तै एक मुसाले स्वर्ण पदक पनि जितेको छ ।

कम्बोडियाको एक मुसाले राम्रो काम गरेको भन्दै स्वर्ण पदक दिइएको हो । पत्यार नलाग्ला, तर कम्बोडियाको उक्त मुसाले मानिसको ज्यान जोगाएको छ ।

मानिसहरुको ज्यान जोगाउने उक्त मुसालाई योगदानको कदर गर्दै स्वर्ण पदक दिइएको हो । मागावा मुसाले बारुदीसुरुङ पत्ता लगाएपछि धेरै मानिसको जिवन जोगिएको हो ।

स्वर्ण पदक जित्न सफल उक्त मुसाले बिष्फोट नभएका बारुदी सुरुङहरु पत्ता लगाएको छ । यस मुसाले सात वर्षमा ३९ वटा बारुदी सुरुङ पत्ता लगाएर मानिसहरुको ज्यान जोगाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।