हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा खोलाले बगाउँदा एक जनाको शव फेला परेको छ ।

गाउँपालिका स्थित विमिरे खोलाले बगाउँदा स्थानीय ३८ वर्षीय सोम सिङतान (धावा लामा) को मृत्यु भएको कैलाश गाउँपालिका वडा नंबर ५ का वडा अध्यक्ष छेकु लामाले खबरब्रेकलाई बताए ।

वडा अध्यक्ष लामाले भने,’बिहिबार खेतबारीमा काम सकेर साँझ घर फर्कने बेला खोलाले बगाउँदा लामाको ज्यान गयो,खोला तरेर घर जानुपर्ने अवस्था छ । केहि दिन देखि वर्षा पनि निरन्तर भईरहेकोले खोलाको बहाव बढेको थियो । दु:खद घटना घट्यो ।’

शव आज बिहान फेला परेको र केहि समयअघि प्रहरी घटनास्लथ आईपुगेको वडा अध्यक्ष लामाले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।