हेटौंडा । बागमती प्रदेशमा कोरोना भाइरस संक्रमण पष्टि हुनेको संख्या २४ हजार ८ सय नाघेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ६३ जनामा संक्रमण पुष्टि भए संगै पुष्टि हुनेको संख्या २४ हजार ८ सय नाघेको हो ।

यो संगै बागमतीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २४ हजार ८ सय ५४ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैगरि प्रदेशमा हालसम्म कोरोना निको हुनेको संख्या १३ हजार ९ सय १६ पुगेको छ ।

यसैगरि प्रदेशमा हालसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ६९ पुगेको छ ।

हाल प्रदेशमा १० हजार ७ सय ६९ जना संक्रिय संक्रमित उपचाररत रहको मन्त्रालयले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।