हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको सख्या १७ पुगेको छ ।

शुक्रबार आएको कोरोना परीक्षण रिपोर्टमा बकैयाका थप २ जनामा संक्रमण पुष्टि भए संगै संक्रमित हुनेको संख्या १७ पुगेको हो ।

शुक्रबार राति पुष्टि हुनेमा वडा नंबर ४ का एक ४२ वर्षीय पुरुष र एक ३५ वर्षीया महिला रहेकी छन् ।

गाउँपलिकामा हालसम्म पुष्टि भएकामा ५ जना संक्रमण मुक्त भइसकेको गाउँपालिकाका स्वास्थ्य संयोजक फटिकरमण प्याकुरेलले जानकारी दिए ।

संक्रमण पुष्टि भएकाहरु हाल होम आइसोलेसनमा उपचाररत रहेका छन् । शुक्रबार पुष्टि भएका २ जना पनि होम आइसोलेसनमा रहने बताईएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।