सांकेतिक तस्विर

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार सप्तरीको राजविराज–३ घर भएका ६३ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

मृतकमा कुनै दीर्घरोग र अन्य स्वास्थ्य समस्या भने देखिएको थिएन । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी भदौ ८ गते उपचारका लागि प्रतिष्ठानमा भर्ना भएका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।