file photo

भरतपुर महानगरपालिका वडा नम्बर १२ टिकौली जङ्गलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १४ का अन्दाजी ३४ वर्षीय पुरन गिरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार पूर्वपश्चिम राजमार्गमा रत्ननगरबाट भरतपुरतर्फ आईरहेको ना ५ ख १३६४ नं.को ट्रकले ना ६४ प ८३६३ नं. को मोटरसाइकललाई ठक्कर दिँदा गिरी गम्भिर घाइते हुनुभएको थियो।

घाइते गिरीको उपचारका क्रममा भरतपुर अस्पतालमा शुक्रबार राति १०ः२० मा मृत्यु भएको हो । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्। दुर्घटना शुक्रबार राति ९ः५० बजे भएको हो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।