चितवन  । भरतपुर महानगरपालिका–१३ स्थित वेलसर मध्यवर्ती सामुदायिक वनमा बिहान बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय जगदीश चौधरी रहेका छन् ।

घाँस काट्न गएका उनलाई आज बिहान १०ः१५ बजे बाघले आक्रमण गरेको हो । शवलाई बाघले नछोडेपछि बाघलाई बेहोस बनाउन प्राविधिक टोली जाने तयारी गरेको उनले जानकारी दिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।