इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटलले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा दिल्लीले चेन्नईलाई ४४ रनले पराजित गरेको छ । दिल्लीले दिएको १७६ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाउदै १३१ रन बनाएपछि खेल ४४ रनले हारेको हो ।

चेन्नईका लागि फाफ डुप्लेसीले सर्बाधिक ४३ रन बनाए भने केदार जादभले २६, महेन्द्र सिंह धोनीले १५, शेनवाटसनले १४, मुरली विजयले १० तथा रविन्द्र जडेजाले १२ रन बनाए । दिल्लीका बलर कागीसो रबाड़ाले ३ विकेट लिए भने एनरिच नोर्त्जेले २ विकेट लिए । त्यस्तै अक्सर पटेलले एक विकेट लिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १७५ रन बनाएको थियो । दिल्लीका लागि पृथ्वी शाले सर्बाधिक ६४ रन बनाए । शाले ४३ बलमा ९ चौका र एक छक्का प्रहार गर्दै ६४ रन बनाएर आउट भएका थिए । त्यस्तै शिखर धवनले ३५ रन बनाए भने रिषव पन्तले अविजित ३७ रन बनाए । त्यस्तौ कप्तान श्रेयस अय्यर २६ रन बनाएर आउट भए भने मार्कोस स्टोईनिसले अविजित ५ रन बनाए ।

चेन्नईका बलर पियुष चावलाले २ विकेट लिएका थिए भने साम कुरानले एक विकेट लिए । यो जितसँगै दिल्लीले लगातार दोस्रो खेल जितेको छ भने आफ्नो पहिलो खेल जितेको चेन्नईले लगातार दोस्रो खेलमा हार बेहोरेको छ । अब शनिबार कोलकोता नाइटराइडर्स र सनराइजर्स हैदरावादबीच खेल हुने छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।