हेटौँडा । हेटौँडाका समाजसेवी चम्फुसिंह वाईवाको निधन भएको छ ।

हेटौँडा–१५, रातोमाटेस्थित दिव्यसेवा निकेतनका अध्यक्ष समेत रहेका वाईवाको आज विहान निधन भएको निकेतनका सहसचिव बोलबहादुर कार्कीले बताए ।

कोरोना संक्रमण भएपछि उपचारको लागि भरतपुर रहेका उनलाई हिजोमात्र रिफर गरिएको थियो ।

कोरोनाको रिर्पोट नेगेटिभ आएपनि स्वासप्रस्वासमा समस्या भने रोकिएको थिएन । तर डाक्टरहरुले उनको अवस्था निकै चिन्ताजनक रहेको जनाएको थिए ।

७३ वर्षका वार्डवालाई १० दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।