सांकेतिक तस्विर

तेह्रथुम । आठराई गाउँपालिका–४ ईवास्थित केलिङ आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डम्बर ईङ्नामले समितिको बैठक बोलाएर आफूले झुण्डिएर आत्माहत्या गरेका छन् ।

बिहीबार बिहान १०ः०० बजे खाना खाएर बैठक बस्न भनि घरबाट निस्किएका ईङ्नाम अपराह्न २ः०० बजेसम्म बैठकमा उपस्थित नभएपछि उनलाई खोज्न स्थानीयवासी निस्किएका थिए ।

खोज्ने क्रममा उनकै घर नजिकैको महाभिर भन्ने ठाँउमा शव झुन्डिएको अवस्थामा फेला परेको वडा नं. ४ का वडाध्यक्ष श्यामकुमार भट्टराईले बताए ।

घट्ना स्थलको मुचुल्का गरी शवलाई पोष्टमार्टमका लागि बिहिबार साँझ ७ः३० बजे जिल्ला अस्पताल पाचँथर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तेजबहादुर दाहालले बताए । रासस


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।