हेटौँडा । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ कमिटि निर्माण भएको छ ।

आज भएको भेलाले अस्मिर गुरुङको अध्यक्षतामा संघ गठन गरेको हो । संघको उपाध्यक्षमा सबेन्द्र लामा, सचिवमा अनुप मानन्धर, कोषाध्यक्षमा इरोज थापा मगरलाई चयन गरेको छ ।

संघको सदस्यहरुमा अमन श्रेष्ठ, सञ्जय लामा, सञ्जिब देउला, अमृत लामा, सरोज कोइराला, विकेश भ्लोन र विशाल लामा चयन भएका छन् । नेपाल लोकतान्त्रिक खेल संघ मकवापनुर जिल्लाका सहकोषाध्यक्ष विकास बानियाँको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका पार्टी प्रवक्ता प्रदीप कोइरालाको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा संघका जिल्ला उपाध्यक्ष युवराज लामा, खेलकुद विभाग प्रमुख सुनिल दाहाल, नेपाली कांग्रेस नगर कोषाध्यक्ष कविन सांगामी, क्षेत्रीय सभापति गणेश उप्रेती, हेटौंडा–४ नम्बर वडा सभापति हरिप्रसाद पौडेल, कांग्रेस हेटौंडा–९ का सभापति विरेन्द्र लामा, लोकतान्त्रिक खेलकुद संघका जिल्ला उपाध्यक्ष युवराज लामा, सचिव प्रदिप कडेल, संघका जिल्ला सदस्य सुनिल अधिकारी ४ नम्बर तरुण दलका सभापति विक्रम जिम्बा लामा, दिपेश खड्की लगायत विपि विचार समाज ४ नम्बर वडाका अध्यक्ष अर्जुन देवकोटाको लगाएतको आतिथ्यता रहेको थियो । संघले खेलकुदको गतिविधिलाई नियमित गर्ने जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।