file photo

शुक्रबार देशभर सामान्य बदली रही देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम बर्षा हुने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशको पुर्वी भु-भागमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र उत्तर-पुर्व सर्दैछ।

अहिले  कर्णाली प्रदेश र सुदुर(पश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने प्रदेश न १ प्रदेश न २ बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा हल्का बर्षा भइरहेको छ ।

आज दिउँसोपछि देशभर सामान्य बदली रही देशका प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थान र  बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी बर्षाका सम्भावना रहेको छ।

त्यस्तै आज राति पनि देशभर सामान्य बदली रही  मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशका केही स्थानमा भारी बर्षाको सम्भावना रहेको छ ।

आज देशका प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।