file photo

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोना संक्रमण मुक्त भएका छन्।

गत भदौ २३ गते धुम्बाराहीको ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको थियो।

तर बुधबार राति स्टार अस्पतालमा गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए।

तर स्वकीय सचिव तिवारीमा भने अझै कोरोना संक्रमण नै देखिएको छ।

‘महामन्त्री ज्यूको रिपोर्ट नेगेटिभ आयो। मेरो रिपोर्ट पोजिटिभ नै आएको छ,’ उनले भने।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।