एजेन्सी। भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको बुधबार साँझ निधन भएको छ। कोरोना भाइरस संक्रमणका कारण ६५ वर्षीय अंगडी दिल्लीस्थित एम्स अस्पतालमा उपचाररत थिए। ११ सेप्टेम्बरमा कोरोना पोजिटिभ भएको रिपोर्ट आएपछि उनी अस्पताल भर्ना भएका थिए। उनी आफैँले ट्विट गर्दै संक्रमित भएपछि अस्पताल भर्ना भएको जानकारी दिएका थिए। उनले आफू ठीक भएको भन्दै पछिल्ला केही दिनदेखि आफ्नो सम्पर्कमा आएका सबैलाई जाँच गर्न आग्रह गरेका थिए।

अंगडी सन् २००४ देखि लगातार लोकसभाका लागि निर्वाचित भएका थिए। उनी १७औँ लोकसभाका लागि कर्नाटकको बेलगाम क्षेत्रबाट निर्वाचित सांसद हुन्। लगातार चौँथोपटक लोकसभामा निर्वाचित भएपछि उनलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रेल राज्यमन्त्रीको जिम्मेवारी दिएका थिए। मोदीले ट्विट गर्दै उनी देशका लागि समर्पित सांसद र प्रभावशाली मन्त्री भएको बताएका छन्।

पछिल्ला वर्षहरुमा नेपाल र भारतबीच विभिन्न रेल परियोजनाहरुको निर्माणमा समझदारी बन्दै गएकाले मन्त्री अंगडीले दुई देशबीचको सम्बन्धमा पनि विशेष चासो राख्ने गरेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।