हेटौंडा । मकवानपुरमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १२ सय २९ पुगेको छ ।

जनस्वास्थ्य कार्यलय हेटौंडाका सूचना अधिकारी राम केसीले खबरब्रेकलाई दिएको जानकारी अनुसार आजको दिन सम्म जिल्लामा संक्रमणको संख्या १२ सय २९ पुगेको छ । जसमा हालसम्म निको हुनेको संख्या ८ सय ४९ पुगेको सूचना अधिकारी केसीले बताए । पछिल्लो दुई दिनमा थप ८४ जना संक्रमण मुक्त भए संगै निको हुनेको संख्या ८ सय ४९ पुगेको हो ।

जिल्लामा हालसम्म कोरोनाको कारण १२ जनाले ज्यान गुमाएका छन् । जसमा हेटौंडा उपमहानगरपालिकाका ११ जना र मनहरी गाउँपालिकाका १ जना गरी १२ जनाले ज्यान गुमाएका छन् ।

जिल्लामा सक्रिय संक्रमितको संख्या ३६७ जना
जिल्लामा आजको दिनमा सक्रिय संक्रमितको संख्या ३ सय ६७ रहेको छ ।

जसमा २ सय ३७ जना होम आइसोलेसनमा उपचाररत,१ सय २५ आइसोलेसनमा उपचाररत र ५ जनालाई थप उपचारको लागि जिल्ला बाहिर रिफर गरिएको समेत गरी ३६७ रहेका छन् ।

यस्तो छ आजको दिनमा जिल्लामा होम आइसोलसनमा रहने २ सय ३७ जनाको विवरण:
हेटौंडा उपमहानगरपालिका १ सय ८४ जना संक्रमित
मनहरी गाउँपालिका १९ जना संक्रमित
राक्सिरा ङ गाउँपालिका ६ जना संक्रमित
बकैया गाउँपालिकामा ७ जना संक्रमित
भीमफेदी गाउँपालिकामा ७ जना संक्रमित
मकवानपुरगढी गाउँपालिकामा ७ जना संक्रमित
ईन्द्रसरोबर गाउँपालिकामा ६ जना संक्रमित
थाहा नगरपालिकामा १ जना संक्रमित

होम आइसोलेसनमा उपचाररत रहेका छन् ।

आजको दिनमा जिल्लामा आइसोलेसन रहने १ सय २५ जनाको विवरण
हेटौंडा उपमहानगरपालिका वडा नंबर ६ स्थित गौरिटार आइसोलेसनमा ७५ जना संक्रमित
हेटौंडा उपमहानगरपालिका वडा नंबर ८ स्थित कमाने सुगम पार्टी प्यालेस आइसोलेसनमा ७ जना संक्रमित
मनहरी गाउँपालिकाको आइसोलेसनमा ३८ जना संक्रमित
भीमफेदी आइसोलेसनमा ३ जना संक्रमित
राक्सिराङ गाउँपालिकाको आइसोलसनमा २ जना संक्रमित

आइसोलेसनमा उपचाररत रहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।