अघिल्लो दुई दिन घटेको नेप्सेमा बुधबार भने करेक्सन देखिएको छ ।

नेप्से आज नौ दसमलव ३७ अंकले बढेर १५ सय ५५ दसमलव ५२ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव ९५ अंकले बढेर तीन सय आठ दसमलव ३४ बिन्दुमा चढेको छ ।

नेप्सेमा आज एक सय ९४ वटा कम्पनीहरुको ४१ हजार छ सय २० पटकको कारोवारमा ५८ लाख ६२ हजार छ सय १७ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ७२ करोड ७८ लाख २१ हजार सात सय सात रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा होटल समुहको सुचक घटेर रातो देखिएपनि बाँकी समुहको सुचक बढेर हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दसमलव ८७ अंकले बढेर १२ सय ४३ दसमलव ९७ बिन्दुमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि ३३ दसमलव ७९ अंकले बढेर १२ सय ४० दसमलव ६८ बिन्दुमा चढेको छ ।

निर्जिवन बीमा समुहको सुचक पनि ७४ दसमलव ७७ अंकले बढेर सात हजार नौ सय ८४ दसमलव ५० बिन्दुमा चढेको छ । यि बाहेक बिकास बैंक, लघुबित्त, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेर हरियो भएको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको अरुण भ्याली हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ७६ प्रतिसतले बढेर एक सय ८० रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको गुह्श्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य तीन दसमलव ५७ प्रतिसतले घटेर एक सय ३५ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको शिखर इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता १३ सय ४९ रुपैयाँ अन्तिम मुल्यमा १० करोड ८५ लाख ९८ हजार ४५ रुपैयाँको कारोवार भएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।