अहिलेको २१औं शताब्दीको आधुनिक बिज्ञान र प्रविधिको युगमा सकारात्मक विकास कार्यहरु र शिक्षण सिकाइ क्रियाकलापहरुको जानकारी आदानप्रदान गर्न सामाजिक संजालबाट सजिलो र प्रभावकारी बनिरहेको छ । त्यहाँ धेरै धेरै वेबसाइटहरू छन् , सोशल साईटहरु अब संचारको सबैभन्दा ठूलो माध्यम बनिरहेको छ र छिटो लोकप्रियता प्राप्त गर्दैछ । सोशल साईटहरुले तपाईको विचार, सामग्री, जानकारी र समाचारहरु आदि धेरै छिटो साझेदारी गर्न प्रभावकारी रहेको छ । पछिल्लो केहि बर्षहरूमा सोशल साईटहरुको प्रयोग अप्रत्याशित रूपमा बढेको छ र विश्वभरि लाखौं प्रयोगकर्ताहरूको एक ठुलो प्लेटफर्म बनिसकेको छ ।

आज हाम्रो जीवनमा सामाजिक संजालले ठूलो भूमिका खेल्दै छ । एक बटनको प्रेस गरे संगै हामीसँग धेरै विस्तृत सकारात्मक र नकरात्मक जानकारीको पहुँच छ । समाजिक संजाल धेरै शक्तिशाली माध्यम हो अब यो सामाजिक संजाल बिना हाम्रो जीवन कल्पना गर्न गाह्रो छ, तर यसको अत्याधिक प्रयोगको कारण हामीले यसको नकारात्मक पाटोको पनि सामना गर्नुपर्ने हुनसक्छ ।

समाजमा सामाजिक संजालका प्रभावहरुको बारेमा धेरै तर्कहरु गरिएको छ तथापि यो एक वरदान हो भन्ने विश्वास गर्छन्, जबकि कतिपयलाई लाग्छ कि यो वरदान संगसंगै अभिषाप पनि हो । सामाजिक संजालले समाजको सामाजिक विकासमा योगदान पुर्याउनुको साथसाथै धेरै व्यवसायहरुको नाफामुखी लक्ष्य हासिल गर्न तथा विभिन्न शैक्षिक संस्थाहरुको शैक्षिक क्रियाकलापलाई निरन्तर अगाडी बढाउन भुमिका खेलिरहेको छ ।

सामाजिक संजालको उपयोग कुनैपनि सामाजिक सचेतना र जागरूकता पैदा गर्नको लागी एउटा राम्रो माध्यम हो । यसले कुनैपनी व्यक्तिलाई बिना हिचकिचाहट विश्वासका साथ सामाजिक विकास गर्न र विभिन्न कार्यहरू गर्न अभिप्रेरित गर्दछ । अहिलेको समयमा धेरै शिक्षक र विद्यार्थीहरु विभिन्न प्रविधिसंग जोडिएर बैकल्पिक शिक्षण शिकाइ क्रियाकलापमा सहभागी हुन सामाजिक संजालको प्रयोग व्यापक गरिरहेका छन् । यदि सामाजिक संजालको उचित प्रयोग गरियो भने यो मानवजातिको लागि पक्कै पनि वरदान साबित हुन सक्छ ।

हामी यस तथ्यलाई बेवास्ता गर्न सक्दैनौं कि आज हाम्रो जीवनमा सामाजिक संजाल सबैभन्दा धेरै प्रयोग हुने तत्त्वहरू मध्ये एक हो । सामाजिक संजाल एक आकर्षक तत्व हो र आज यो हाम्रो जीवनसंग अन्तरसम्बन्धित छ । युवाहरू हाम्रो देशको भविष्य हुन् । अहिले कोरोना माहामारीको समयमा विद्यार्थीहरुको शिक्षण शिकाई क्रियाकलाप र शैक्षिकसत्रलाई निरन्तर अगाडी बढाउन सामाजिक संजालले धेरै ठुलो भूमिका खेलीरहेको छ ।

आजका दिनहरूमा सबै मानिस सामाजिक संजालका साइटहरूमा जोडिएर बस्न मनपराउँछन् । केही व्यक्तिहरू विश्वास गर्छन् कि यदि तपाईं समाजिक संजालमा उपस्थित हुनुहुन्न भने आफू पछी परेको भान पनि हुनसक्छ । सामाजिक सञ्जालमा विभिन्न प्रभावसाली व्यक्तिहरूको जस्तै देखासेखी गर्ने बानी र नकारात्मक कार्यहरुको बारेमा युवाहरूलाई सचेत गराउनु पनि हामी सबैको प्रमुख दायित्व र कर्तव्य हो ।

सामाजिक संजालको माध्यमबाट अनलाइन जानकारी द्रुत रूपमा स्थानान्तरण हुन्छ , जसको मद्दतले प्रयोगकर्ताहरुलाई केहि सामाजिक फाइदाहरू पनि छन् जस्तै लामो दूरीका साथीहरू र आफन्तहरूसँग सञ्चार गर्न सक्षम हुन्छन् । दुबै सकारात्मक र नकारात्मक पक्षहरूमा कुनै शंका छैन तर प्रयोगकर्ताहरूले सामाजिक संजालको प्रयोगमा आफ्नो विवेक र क्षमता लगाएर त्यसको उचित सदुपयोग गर्नुपर्दछ ।

यसर्थ , आफ्नो मानवीय संवेदना नै ह्रास हुनेगरि सामाजिक संजालमा लिप्त हुनुहुँदैन । सञ्जालको माध्यमबाट सदैव सकारात्मक कुराहरू सिक्ने तर्फ अभिप्रेरित हुनुपर्दछ । विज्ञानको यो सिर्जनालाई सही काममा प्रयोग गरौँ र आफ्नो जीवन सहज पारौँ । काल्पनिकता भन्दा वास्तविकतालाई अँगालेर हिँड्न सकेमा नै जीवनले सार्थकता पाउँदछ भन्ने कुरा कहिले बिर्सनु हुँदैन ।

-सुजन ढुङ्गाना


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।