विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ ।

अक्सिजनबिना नै १० पटक सगरमाथा आरोण गरी साहसिक पहिचान बनाएका विश्व कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको आज राष्ट्रिय सम्मानका साथ अन्त्यष्टी गरिएको हो  ।

शेर्पाको ५ असोजमा काठमाडौंस्थित छोरीको घरमा निधन भएको थियो । उहाँको आज बिहान टेकु दोभानमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । उहाँकोपार्थिव शरीरमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गर्नु भएको थियो  । सुरक्षाकर्मीहरुले शेर्पाप्रति सलामी अर्पण गरेका थिए  ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।