इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत राजस्थान रोयल्सले विजयी सुरूवात गरेको छ । गएराति भएको खेलमा चेन्नई सुपरकिंग्सलाई १६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । राजस्थानले दिएको २१७ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाउदै २०० रन मात्र बनाएपछि खेल १६ रनले हारेको हो ।

चेन्नईका लागि फाफ डुप्लेसीले सर्बाधिक ७२ रन बनाए । डुपेल्सिले ३७ बलमा एक चौका र ७ छक्का प्रहार गरेका थिए । त्यस्तै शेन वाटशनले ३३ रन बनाए भने महेन्द्र सिंह धोनीले १७ बलमा २९ रन बनाएका थिए । त्यस्तै केदार जादभले २२, मुरली विजयले २१ तथा साम कुरानले १७ रन बनाएका थिए ।

राजस्थानका बलर राहुल तेबतियाले ३ विकेट लिए भने जोफ्रा आर्चर, श्रेयस गोपाल र टम कुरानले एक एक विकेट लिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउदै २१६ रन बनाएको थियो ।

राजस्थानका लागि सन्जु सामसनले ३२ बलमा ७४ रन बनाएका थिए । सामसनले एक चौका र ९ छक्का प्रहार गर्दै ७४ रन बनाएर आउट भएका थिए । त्यस्तै राजस्थानका कप्तान स्टिभ स्मिथले ४७ बलमा ६९ रन बनाए । त्यस्तै जोफ्रा आर्चरले अविजित८ बलमा २७ रन बनाएका थिए भने त्यस्तै टम कुरानले १० रन बनाएका थिए ।

राजस्थान रोयलको इनिंगमा ब्याट्सम्यानले कुल १७ छक्का प्रहार गरेका थिए । चेन्नईका बलर साम कुरानले ३ विकेट लिए भने दिपक चहर, लुंगी इंगिडीर पियुष चावलाले एक एक विकेट लिएका थिए । यस खेलमा ७४ रन बनाएका राजस्थानका सन्जु सामसन खेलको प्लेयर अफ द म्याच बनेका थिए ।

आईपीएल अन्तर्गत आज मुम्बई इण्डियन्स र कोलकोता नाइटराइडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।