इंग्लिस काराबाओ कपअन्तर्गत म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ । मंगलबार राति तेस्रो चरणको खेल खेलेको युनाइटेडले लटन टाउनविरुद्ध ३–० गोलको सहज जित निकालेको हो ।

लटन टाउनको मैदानमा भएको खेलमा युनाइटेडलाई जिताउन जुआन माटा, मार्कुस रास्फोर्ड र मासुन ग्रीनवुडले समान एक–एक गोल गरे । युनाइटेडले माटाको गोलमा सुरुआती अग्रता बनाएको थियो । खेलको ४४औं मिनेटमा पेनाल्टीमा गोल गर्दै माटाले पहिलो हाफभरि युनाइटेडलाई अग्रता दिलाए ।

खेलको ८८औं मिनेटमा रास्फोर्डले गोल गरेपछि युनाइटेडले आफ्नो अग्रता दोब्बर बनायो । इन्ज्युरी समयमा ग्रीनवुडले गोल गरेपछि युनाइटेड ३–० गोलले विजयी भयो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।