हेटौंडा । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकामा पर्ने हेटौंडा-काठमाण्डौ छोटो राजमार्गमा पहिरोले एक स्कर्पियो पुरिएको छ ।

गएराति देखि परेको वर्षाले पहिरो जाँदा ईन्द्रसरोबरको देउराली नजिक स्कर्पियो पुरिएको खबरब्रेक संवाददाता सुरेन्द्रराज थिकेले जानकारी दिए ।

आज बिहान काठमाण्डौबाट हेटौंडा आउँदै गरेको बा १७ च ४८७४ नंबरको स्कर्पियो पहिरोले पुरेको हो । स्कर्पियोेमा चालकमात्र रहेको बताईएको छ । चालकको उद्वार गर्न ईलाका प्रहरी कार्यलय भीमफेदी घटना स्थलमा आईपुगेको बताईएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।