छिमेकी देश भारतमा कोरोना संक्रमित तिब्र रुपमा बढ्नुको साथै कोरोनाको कारण मृत्यु हुनेको संख्या पनि बढ्दो क्रममा छ । भारतमा हालसम्म कोरोना संक्रमणको कारण ९० हजार बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा थप १ हजार ५६ जना संक्रमितको मृत्यु भएको छ । यो संगै भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ९० हजार २१ पुगेको छ ।

यसैगरि भारतमा पछिल्लो २४ घण्टामा ८० हजार ३ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै भारतमा संक्रमितको संख्या ५६ लाख ४० हजार ४ सय ९६ पुगेको छ ।

भारतमा हालसम्म पुष्टि भएकामा ४५ लाख ८१ हजार ८ सय २० संक्रमित संक्रमण मुक्त भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।