file photo

हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्र स्थित थाहा नगरपालिकामा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पुष्टि हुनेमा वडा नंबर ४ का ३४ वर्षीय पुरुष रहेको थाहा नगरपालिकाका स्वास्थ्य संयोजक मेघराज बलामीले खबरब्रेकलाई बताए । उनले विदेशबाट आएका ५ जनाको २ असोजमा लिईएको स्वाब परीक्षणमा एक जना विदेशबाट आएकामा कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताए ।

यो संगै थाहामा कोरोना पुष्टि हुनेको संख्या २५ पुगेको छ । पुष्टि हुनेमा हालसम्म १७ जना संक्रमण मुक्त भईसेका छन् भने ८ जना उपचाररत रहेका छन् ।

स्रोत :थाहा नगरपालिका कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण सचिवालय

मंगलबार पुष्टि भएका थाहाका ३४ वर्षीय पुरुष हेटौंडा स्थित कर्राआइसोलेसनमा उपचाररत रहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।