हेटौंडा । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकामा पर्ने हेटौंडा-काठमाण्डौ छोटो राजमार्गमा देउराली नजिक गएको पहिरोले एक स्कर्पियो र एक मोटरसाईकल पुरेकोमा मोटरसाईकलमा सवार दुई जनाको उद्धार गरिएको छ ।

बा ९७ प ४८५१ नंबरको मोटरसाईकलमा सवार दुई जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले बताए । उनले उद्धार गरिएका दुबै जनाको खुट्टामा चोट लागेको बताए । उनले दुबै जनाको उपचारको लागि काठमाण्डौ पठाईएको समेत बताए ।

यसैगरि पहिरोमा पुरिएको स्कर्पियोमा एक जनाको मृत्यु भएको छ । काठमाण्डौबाट हेटौंडा आउँदै गरेको बा १७ च ४८७४ नंबरको स्कर्पियो सोहि ठाउँमा पुरिदाँ एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । मृत्यु हुनेको पहिचान खुलेको छैन । पहिरो पन्छाउने काम भईरहेको बताईएको छ ।

मकवानपुराको ईन्द्रसरोबरमा हेटौंडा आउँदै गरेको स्कर्पियो पहिरोले पुरियो

अपडेट: हेटौंडा आउँदै गरेको स्कर्पियो पुरिँदा एक जनाको मृत्यु


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।