हेटौंडा । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकामा पर्ने हेटौंडा-काठमाण्डौ छोटो राजमार्गमा पहिरोले एक स्कर्पियो पुरिँदा एक जनाको मृत्यु भएको छ ।
काठमाण्डौबाट हेटौंडा आउँदै गरेको बा १७ च ४८७४ नंबर स्कर्पियो ईन्द्रसरोबर गाउँपालिका वडा नंबर २ को देउराली नजिक पहिरोले पुरिदाँ एक जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यलय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले खबरब्रेकलाई बताए ।
उनले भने,’पहिरो संगै ठुलो ढुङ्गा खरेर स्कर्पियो पुरिएको छ,बाहिरबाट हेर्दा एक जनाको मृत्यु भएको देखिएको र स्कर्पियो भित्र अरु पनि हुन सक्छन् ।’  पहिरो पन्छाउने काम भईरहेको निरीक्षक श्रेष्ठले बताए ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।