हेटौंडा/हेटौंडा-भीमफेदी-कुलेखानी हुँदै दैनिक तीन सय भन्दा बढि टाटा सुमो सेवा लगायत सय भन्दा बढि निजि साना सवारी साधन र हजारौ मोटर साईकल काठमाडौं प्रबेश हुने भीमफेदी ईलाका प्रहरीको अभीलेखबाट देखिएको छ।

असोज १ गते देखि सञ्चालनमा आएको सवारीसाधनमा दैनिक टाटासुमोबाट मात्रै चार हजारको हाराहारीमा यात्रु यात्रा गरेको देखिन्छ। निजि सवारी साधन र मोटर साईकल यात्रु समेत गणनामा ल्याउने हो भने दैनिक भीमफेदि कुलेखानी छोटो दुरीमा संञ्चालित यातायात साधनबाट मात्रै सात हजार यात्रु काठमान्डौ हेटौंडा यात्रा गरेको बुझिएको छ।

भीमफेदी ईलाका प्रहरी कार्यालयको अभिलेख अनुसार सोमबार मात्रै तीन सय तीस यात्रुबाहक टाटा सुमो हेटौंडाबाट भीमफेदी हुँदै काठमाडौं प्रबेश भएको तथा त्यति कै हाराहारीमा काठमाडौंबाट पनि हेटौडा प्रबेश भएको प्रहरी निरक्षक सुरेन्द्र श्रेष्ठले बताउनु भएको छ।

यातायात खुल्ला भए पछि यात्रुले यात्रा गर्दा र देशमा महामारीको रूपमा लिएको कोरोनाको संक्रमणमा नागरिक र यात्रु तथा यातायात सञ्चालकले अपनाउनु पर्ने सुरक्षालाई विशेष प्राथमिकताका साथ अवलम्बन गर्नु पर्ने होटल ब्यबसायीहरु बताउछन् ।


सुरेन्द्र राज थीके
सुरेन्द्र राज थीके
surendraraj@khabarbreak.com
भीमफेदी, खबरब्रेक संवाददाता