No description available.

हेटौँडा । हेटौंडामा विभिन्न पार्टी परित्याग गरि ४५ जना जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।
मंगलवार जसपा हेटौंडा उपमहानगरपालिका–१५ वडा कमिटीको आयोजना भएको एक कार्यक्रममा नेपाली काँग्रेस, नेकपालगायत विभिन्न पार्टी परित्याग गरी ४५ जना जनता समाजवादीमा प्रवेश गरेका हुन् ।

कार्यक्रम जसपा हेटौंडा–१५ का अध्यक्ष हरि रुम्बाले अध्यक्षता तथा जसपा नेता डा।धनबहादुर मोक्तानको प्रमुख आतिथयतामा भएको हो ।
कार्यक्रममा जसपा नेता शुभरत्न गोले, जीवनमान मोक्तान, नवराज मोक्तान, राम बहादुर थिङ, राजेन्द्र वाइबा र सीता पाख्रीनलगायत विभिन्न नेताहरुको सहभागिता रहेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।