हेटौंडा/एउटै स्थानमा काम गर्ने महिलालाई जबर्जस्ती करणीका आरोपमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का २८ वर्षीय अमृत खड्कासहित तीन युवालाई पक्राउ गरी काभ्रेपलाञ्चोक प्रहरीले सार्वजनिक गरेको छ ।

आफूलाई जबर्जस्ती करणी गरेको भनी पीडितले दिएको उजूरीपछि पक्राउ पर्नेमा हेटौंडाका खड्कासंगै काभ्रेपलाञ्चोक, महाभारत गाउँपालिका–१ घर भई धुलिखेल नगरपालिका–४ स्थित प्रभात पोल्ट्री फर्ममा काम गर्ने २२ वर्षीय विशाल आले र भारतको पश्चिम बङ्गाल वीरभीमका २३ वर्षीय रघुनाथ मण्डल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार अभियुक्त युवाले रामेछापकी महिलालाई विभिन्न मितिमा डर, त्रास र धम्की दिई पटकपटक जबर्जस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आरोपित तीन युवा सोही पोल्ट्री फर्ममा काम गर्ने मजदूर हुन् । शनिबार पक्राउ परेका युवाविरुद्ध मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।