राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा)  को चुनाव चिन्ह हलो हुने भएको छ ।

राप्रपाका तीन जना अध्यक्षहरू कमल थापा, पशुपति शम्शेर राणा र डा.प्रकाशचन्द्र लोहनीबीच सोमबार भएको छलफलमा चुनाव चिन्ह ‘हलो’ बनाउने सहमति भएको हो ।

सो सहमतिलाई मंगलबार बस्ने कार्यसम्पादन समितिले अनुमोदन गरेर निर्वाचन आयोगलाई जानकारी बताईएको छ  ।

यसैबिच राप्रपाका अध्यक्ष कमल थापाले हलो चुनाव चिन्ह स्वीकार गर्नु बाध्यता भएको बताएका छन् ।

उनले हिन्दुराष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति ‘गाई’ उपयुक्त चुनाव चिन्ह भएको तर, पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भएको बताएका छन् ।

उनले टुईट गर्दै भनेका छन्,हिन्दुराष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति ‘गाई’ उपयुक्त चुनावचिन्ह हो।तर,पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भयो।परिस्थितिजन्य यो वाध्यतालाई सहजरुपमा लिइदिन पार्टीका साथी/शुभचिन्तकहरुमा अपिल गर्दछु। अब राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लागौं’ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।