तस्विर: खबरब्रेक

मनहरी : मनहरी गाउँपालिकामा रहेको कोरोना आइसोलेसन वार्डमा रहेका संक्रमितहरुले मनहरी गाउँपालिकाले सञ्चालन गरेको कोरोना आइसोलेसन वार्ड सुविधासम्पन्न रहेको जनाएका छन् । खबरब्रेकसँग कुरा गर्दै संक्रमितहरुले वार्डमा आफुहरुलाई कुनै कुराको अभाव नभएको बताए ।

मनहरी गाउँपालिका वडा नंबर ८ सिम्पानीमा रहेको कोरोना आइसोलेसन वार्डका संक्रमित एकजना पुरुष भन्छन : मलाई कोरोना संक्रमण भएपछि आइसोलेसनमा जाउ कि नजाउ भएको थियो, तर यहा आए, मैले सोचेको भन्दा पनि राम्रो ब्यवस्थापन रैछ । उनले आफुहरुलाई नियममित दुईपटक डाक्टरले रेखदेख गर्ने, २४ घण्टानै नर्सहरु हुने, खाना तथा खाजाको राम्रो ब्यवस्थापन रहेको उनको भनाई रहेको छ ।

आइसोलेसनमा रहेकाहरुलाई बिहान ६ बजे कागती चिया, ७ बजे चना, अण्डा र दूध, ११ बजे खाना, दिउँसो २ बजे दूध चिया, ३ बजे खाजा फलफूलसहितको र बेलुका ८ बजे खानाको व्यवस्था गरिएको छ । हप्तामा २ पटक माछामासुको व्यवस्था गरिएको छ । चिकित्सकद्वारा विरामीहरुको नियमित स्वास्थ्य जाँच र परामर्श हुने गरेको छ । गाउँपालिका अध्यक्ष उप्रती पनि संक्रमितको हौसला बढाउन समय समयमा अस्पताल र आइसोलेशन पुग्ने गरेका छन् । संक्रमित विरामीहरु मख्ख छन्, घरमा भन्दा पनि धेरै स्याहार पाएको संक्रमितहरुको भनाई रहेको छ ।
मनहरीकै अर्को रमन्टार आइसोलेसनमा पनि सिम्पानीको जस्तै ब्यवस्थापन रहेको छ । त्यहा रहेका संक्रमितहरुले पनि आफुहरुलाई निकै राम्रो ब्यवस्थापनको साथमा राखिएको बताए ।

हाल गाउँपालिकाको सिम्पानीमा ५ जना महिला र १३ जना पुरुष गरी कूल १८ तथम नम्वर ७ रमन्टारमा ७ महिला र १२ पुरुष सहित १९ जनाले सेवा लिरहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।