हेटौंडा/प्रहरी चौकी सुनाचुरी मकवानपुरबाट प्रहरी निरीक्षक हिरालाल श्रेष्ठको कमाण्डमा खटिएको टोलीले मंगलबार विहान ३ बजे मनहरीबाट १०४ किलो गाँजासहित तीन जना पक्राउ गरेको छ ।

विशेष सुचनाको आधारमा प्रहरी चौकी सुनाचुरी मकवानपुरबाट खटिएको टोलीले मनहरी गाएँपालिका वडा नं ६ स्थित लोथर खोलाको बगरको बाटोमा प्लास्टिकको बोरामा गाँजा सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका ९ बस्ने बर्ष २६ को कपिल भन्ने रुप खड्का ठकुरी सोहि ठाँउका बर्ष ३० को टलक बहादुर घलान र ४ बस्ने बर्ष २७ को मदन कोईराला रहेका मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनीहरुलाई गाँजा सहित पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।