तस्विर: खबरब्रेक

मनहरी, पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाले आफ्नो स्थानीय तहमा २४ शैयाको कोरोना विषेश आइसोलेसन सहितको अस्पतालको सुरुवात गरेको छ । कोरोना संक्रमणको दर बढेपछि मनहरी गाउँपालिकाले नेपाल सरकारकाको सहयोगमा मनहरी गाउँपालिका वडा नम्वर ८ सिम्पानीमा रहेको आइसोलेशन वार्डलाई स्तरउन्नती गर्दै २४ शैयाकोे कोरोना विषेश अस्पतालको रुपमा स्थापना गरेको हो ।

गाउँपालिकामा पछिल्ला दिनमा संक्रमितको चाप बढन् थालेपछि उक्त आइसोलेसनलाई कोरोना विषेश अस्पताल बनाईएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयको रु १० लाख अनुदानमा अस्पतालको स्थापना गरिएको र बागमती प्रदेश सरकारबाट पनि १० लाख रुपैँया विनियोजन भइसकेको गाउँपालिकाका अध्यक्ष उप्रतीले बताए । गाउँपालिकाले अस्पतालमा मिनि आईसियु समेत सञ्चालनको तयारी गरेको र आवश्यक उपकरण समेत खरिद गरिने कोरोना विषेश अस्पतालका संयोजक ज्योतिराज लुइटेलले बताए । अस्पतालका लागि आवश्यक केही सामानहरु खरिदको काम समेत उनको भनाई रहेको छ ।

स्वास्थ्य मन्त्रालयले ५ शैयाको अस्पताल स्थापना गर्नु भनेर निर्देशन दिएको भएपनि गाउँपालिकाले २४ शैयाको अस्पताल स्थापना गरेको उनले बताए ।आफुहरुसँग २४ शैयाको लागि आवश्यक सामग्री समेत रहेको कारण पनि आफुहरुले २४ शैयाको अस्पताल निर्माण गर्न लागेको उनको भनाई छ । अस्पतालमा एकजना एमविविएस डाक्टर, दुईजना नर्स तथा स्वास्थ्यकर्मीहरु रहनेछन् ।
मनहरीमा रहेको दुईवटा आइसोलेसनलाई गाउँपालिकाकोमात्र नभएर देशकै नमुना आइसोलेसन तथा अस्पताल बानाउनेगरि काम गर्न आफुहरु दिनरात नभनि लागिरहेको गाउँपालिका अध्यक्ष उप्रेतीको भनाई रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।