हेटौंडा । मकवानपुरमा हालसम्म कोरोना पुष्टि भएका १ हजार १ सय ९७ संक्रमितमा ७ सय ६५ जना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो तीन दिनमा थप ६२ जना संक्रमित संक्रमण मुक्त भए संगै संक्रमण मुक्त हुनेको संख्या ७ सय ६५ पुगेको हो ।

आइसोलेसन र होम आइसोलेसनमा उपचाररत दुबै गरेर हालसम्म ७ सय ६५ जना संक्रमण मुक्त भएको जनस्वास्थ्य कार्यलय हेटौंडाका सूचना अधिकारी राम केसीले खबरब्रेकलाई बताए । उनका अनुसार हालसम्म जिल्लामा कोरोना भाइरस संक्रमणको कारण १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ जना हेटौंडा उपमहानगरपालिकाका र १ जना मनहरी गाउँपालिकाका गरी १२ जना रहेका छन् ।

यसैगरि जिल्लामा आजको दिनमा ४ सय १९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा आइसोलसनमा बसेर उपचाररत रहनेको संख्या १ सय २७ जना,होम आइसोलेसनमा बसेर उपाररत रहनेको संख्या २ सय ८७ जना र ५ जनालाई थप उपचारको लागि जिल्ला बाहिर रिफर गरिएको सहित ४ सय १९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।