हेटौंडा । बागमती प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २१ हजार ७ सय ७८ पुगेको छ ।

सोमबार प्रदेशभर थप ७ सय ८ जनामा कोरोना पुष्टि भए संगै संक्रमितको संख्या २१ हजार ७ सय ७८ पुगेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसैगरि प्रदेशमा हालसम्म संक्रमण मुक्त हुनेको संख्या ११ हजार ३ सय ९६ पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म प्रदेशमा कोरोनाको कारण १ सय ५५ जनाको मृत्यु भएको छ । हाल प्रदेशमा १० हजार २ सय २७ जना उपचाररत रहेका छन् ।

यसैगरि देशभर संक्रमण पुष्टि हुनेको संख्या ६५ हजार २ सय ७६ पुगेको छ । देशमा हालसम्म ४७ हजार २ सय ३८ संक्रमित संक्रमण मुक्त भएका छन् भने ४ सय २७ संक्रमितले ज्यान गुमाएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।