ईस्मा गाउँपालिका-२ हस्तीचौर, रातचौर, स्यालाको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। सोमवार राति गएको पहिरोमा पुरिएर बेपत्ता बनेका दुई जना मंगलवार बिहान मृतावस्थामा फेला परेका छन्।

इस्मा गाउँपालिका-२ रातामाटाका ३९ वर्षीय प्रेमबहादुर कुमाल र पाँच वर्षीय सफल कुमालको शव मंगलवार बिहान नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पहिरोबाट निकालेको सशस्त्र प्रहरी बल गुल्मीका प्रहरी नायब उपरीक्षक अशोककुमार लम्सालले जानकारी दिए।

सडकमा हिँड्दै गरेका अवस्थामा सडकमाथिबाट ठूलो पहिरो खस्दा दुवै पहिरोमा पुरिएर बेपत्ता बनेका थिए। घटनामा स्थानीयवासी तिलक कुमालसमेत घाइते भएका छन्। सोमवार अपराह्न उक्त क्षेत्रमा ठूलो पानी परेको थियो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।