file photo

सत्तारुढ दल नेकपा सचिवालय बैठक आज बस्ने भएको छ । आजको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो साढे १२ बजे बस्ने बताइएको छ ।

यसअघि आइतबार पूर्व माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बसेको थियो। आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन र संवैधानिक निकायमा नियुक्तका विषयमा छलफल हुने बताइएको छ।

आजको बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा ठोस निर्णय लिने बताइएको छ । सोमबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा छलफल भएको थियो ।

छलफलमा उनीहरूबीच सचिवालय बैठकले मापदण्ड बनाएर मन्त्रिपरिषद् पुनर्गठन सहमति भएको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।