file photo

यसपटक दशैंमा नयाँ नोट बजारमा पठाउनेरनपठाउने विषयमा राष्ट्र बैंक नै अन्योलमा परेको छ ।

कोरोना भाइरसको महामारीका कारण पहिले जस्तो दशैंमा रमझम नहुने पक्का छ, त्यसैले राष्ट्र बैँकले पनि नयाँ नोट वितरणको बारेमा निर्णय गर्न सकेको छैन । नयाँ नोट वितरण गर्दा भीडभाड हुन सक्ने भएकाले नोट वितरण नै नहुन सक्ने सम्भावना पनि छ ।

‘दशैंमा थप रौनक थप्नको लागि नयाँ नोट बजारमा पठाउने चलन हो, तर यसपटक रौनक बढाउनेभन्दा पनि कम गर्नुपर्ने बाध्यता रहेको छ, त्यसैले हामी नै कन्फ्यूजमा छौँ, नयाँ नोटबारे निर्णय भएको छैन ।’ राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणकर भट्टले उज्यालो अनलाइसँग भन्नुभयो ।

नयाँ नोट बजारमा पठाउँनासाथ नागरिक लाइन लाग्ने सम्भावना रहेकाले नोट पठाउनु पनि जोखिम नै रहेको कार्यकारी निर्देशक भट्टको भनाइ छ । ‘हामीले जानी-जानी जोखिम बढाउन मिल्दैन, जोखिम बढ्ने देखियो भने यो दशैंमा नयाँ नोट वितरण नहुन पनि सक्छ ।’ उहाँले भन्नुभयो ।उज्यालो अनलाइनबाट


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।