हेटौंडा । कोरोना भाइरस संक्रमणको कारण हेटौंडाकी १७ वर्षीया युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर १० की १७ वर्षीया युवती रहेकी छन् । चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

भदौ २२ गते ज्वरो र स्वाशप्रस्वासमा समस्या आएर अस्पताल भर्ना भएकी उनमा भदौ २४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपछि कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज मृत्यु भएको अस्पतालले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।