विश्वभर हालसम्म कोरोना भाइरस संक्रमितमध्ये नौ लाख ६० हजार बढीको मृत्यु भएको छ ।

२४ घण्टाभित्रमा पाँच हजार एक सय चार जना जनाको मृत्यु भए संगै मृत्यु हुनेको संख्या नौ लाख ६० हजार आठ सय ३४ पुगेको हो । विश्वमा दैनिक पाँच हजार बढी संक्रमितले मृत्यु भईरहेको छ ।

हालसम्म संक्रमित संख्या तीन करोड नौ लाख ७४ हजार छ सय ५७ पुगेको छ । एकै दिन दुई लाख ८९ हजार दुुई सय ५८ जना नयाँ संक्रमित थपिए ।

संक्रमितमध्ये दुई करोड २५ लाख ६९ हजार सात सय १० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।