नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नीतिगत छलफल गरेको छ।

आइतबार पार्टी एकीकरणपछि पहिलो पटक पेरिसडाँडामा बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको विषयमा नीतिगत छलफल गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार मन्त्रिपरिषद् पुनर्गठनका विषयमा विभिन्न कोणबाट छलफल भएको छ।

नीतिगत छलफल भए पनि व्यक्तिको नाम भने टुंगो नलागेको प्रवक्ता श्रेष्ठले बताए।

नेकपाको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी आजका लागि स्थगित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।