कोरोना महामारीको बढ्दो संक्रमणको कारण वेलायत सरकारले होम आइसोलेसनको नियम उल्लंघन गर्ने व्यक्तिलाई दश हजार पाउण्डसम्म जरिवानाको सजाय तोकेको छ ।

वेलायती सरकारको अनुसार, कुनै व्यक्ति कोरोना पोजेटिभ भए वा कोरोना संक्रमितको कन्ट्रयाक्ट ट्रेसिंगमा परेका मानिसले होम आइसोलेसनमा बस्नुपर्ने हुन्छ ।

यस नियम २८ सेप्टेम्बरबाट लागु हुने भएको छ र सरकारले कम आम्दानी भएका व्यक्तिलाई पाँच सय पाउन्ड दिने घोषणा गरेको छ ।

यदि कुनै कार्यालय प्रमुखले आइसोलेट भएका व्यक्ति विरुद्ध केहि निर्णय गरे, त्यसको विरुद्धमा पनि जरिवाना तिर्नुपर्ने हुन्छ ।

वेलायतमा शनिबार चार हजार चार सय २२ कोरोना संक्रमित थपिएका छन् भने २७ जनाको मृत्यु भएको छ ।

वेलायतमा अहिले सम्म कोरोना भाइरसको तीन लाख ९० हजार भन्दा अधिक संक्रमित भएका छन् भने ४१ हजार सात सय ५९ जनाको मृत्यु भइसकेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।