बलिउडकी चर्चित अभिनेत्री हुन् शिल्पा शेट्टी । फिल्मका कारण चर्चामा आइरहने शिल्पा कहिलेकाही विभिन्न कारणले विवादमा पनि आउने गर्छिन् ।

हालै उनी र उनका पति विरुद्ध प्रहरीमा उजुरी परेको छ। भारतिय मिडियाका अनुसार उनी र उनका पति राज कुन्द्राविरुद्ध ठगी गरेको आरोप लागेको छ । उनीहरु दुवैले सुनको अफर प्रकरणमा ठगी गरेको बतायएको छ ।

सुनको अफर प्रकरणमा एक लगानीकर्ताले उनीहरुमाथि ठगीको आरोप लगाएका हुन् । उनीहरुलाई एनआरआई सचिन जोशीले शिल्पा दम्पती आबद्ध सतयुग गोल्ड प्रालिले ठगेको आरोप लगाएका हुन् ।

यस्तो आरोप आफुहरुमाथि लागेपछि शिल्पाले पनि यसबारे बताएकी छिन् । उनले यो आरोप झुठो भएको बताउदै सत्य चाँडै बाहिर आउने बताएकी छिन् । प्रालिले समयमा आफ्ना उपभोक्ताको अर्डर पूरा गगर्ने र आफुहरुले एक किलो सुन डिपोजिट गरेको र त्यसको पैसा पनि सचिनले तिर्न पर्ने बताएकी छिन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।