व्यक्तिहत्याको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सांसद मोहम्मद अफ्ताव आलम जिल्ला र उच्च अदालतको आदेश बदरको माग राखेर सर्वाेच्च अदालत पुगेका छन् ।

आलमको निवेदनमाथि आइतबार सुनुवाइ गर्दै सर्वाच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले जिल्ला र उच्च अदालतले गरेको आदेश मगाउने आदेश गरेको छ।

जिल्ला र उच्चले पुर्पक्षका लागि उनलाई थुनामा राख्न आदेश दिएको थियो । सोही आदेशविरुद्ध उनी सर्वाेच्च अदालत पुगेका हुन् । उनको निवेदनमाथि सुनुवाइ गर्दै सर्वाेच्चले जिल्ला र उच्चको आदेश मगाउने आदेश दिएको हो ।

उनले गत भदौ ३१ गते जिल्ला र उच्चले पुर्पक्षका लागि जेल चलान राख्न दिएको आदेशका विरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए।

गत वर्ष कात्तिक २९ गते जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले २०७६ माघ २४ गते सदर गरेको थियो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।