No description available.हेटौँडा । परशुराम स्मृति प्रतिष्ठान तथा मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडामा गत भदौ २४ गतेबाट जारी निशुल्क खाना खुवाउने अभियान आज समापन भएको छ । सरकारले जारी गरेको विभिन्न प्रकारको निषेधज्ञाको कारण दुई छाक खान समेत समस्या परेकाहरुको लागि सुरु गरिएको निशुल्क खाना खुवाउने अभियानले आज ११ औँ दिनसम्म आईपुग्दा ३ हजार ब्यक्तिलाई खाना खुवाएको आयोजक प्रतिष्ठानका सन्तोष गौतमले बताए ।

निषेधज्ञा खुलेसँगै अभियानलाई स्थगित गरिएको उनले बताए । अभियानको कारण हजारौ ब्यक्तिले केहि दिनको लागि भएपनि खानाको समस्या बेहर्नु नपरेको भन्दै उनले विभिन्न समस्यामा परेको समयमा प्रतिष्ठानले सधै सहयोगको कामलाई निरन्तरता दिने समेत बताए । कार्यक्रमको अर्को आयोजक सस्था मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले समस्या परेको समयमा जुनसुकै सस्थाहरुले पनि सामजिक काम गर्नुपर्ने बताए । खेलकुद संग सम्बन्धित संघ भएता पनि बिकराल परिस्थितीमा सहयोग गर्नुपर्ने दायित्व आफुहरुको रहेको उनले बताए । अभियानले दैनिक बिहान हुप्रचौरमा खाना खुवाउदै आएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।