नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् ।

केही दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो आएपछि गत मङ्गलबार ओम अस्पताल चावहिलमा भर्ना भएका थिए । महामन्त्री कोइरालाको स्वास्थ्यमा सुधार आएपछि आज ‘डिस्चार्ज’ भएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

महामन्त्री कोइरालाले आफ्नो स्वास्थ्य अवस्थाबारे नियमित चासो, चिन्ता, शुभेच्छा र स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पूर्ण पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिएका छन् ।

यस्तै, आफ्नो स्वास्थ्य अवस्थाबारे आम जनतामाझ जानकारी गराउने पत्रकार तथा आफ्नो उपचारमा सङ्लग्न डा विश्वनाथ कोइराला लगायत चिकित्सक टोलीलाई समेत धन्यवाद व्यक्त गरेका छन् । उनले आफ्नो स्वास्थ्य स्थितिमा क्रमिक सुधार आएसँगै चिकित्सकको सल्लाहबमोजिम अब केही दिन होम आइसोलेसनमा रहने जानकारी समेत गराएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।