सांकेतिक तस्विर

चितवन । चितवनमा थप एक कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत रौतहटको चन्द्रपुर नगरपालिकाकी ५१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।

ती महिला भदौ २८ गते उपचारका लागि चितवन मेडिकल कलेजमा भर्ना भएकी थिइन् । उनमा भदौ २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उच्च रक्तचाप र थाइराइड रोगले समेत ग्रसित उनको अस्पतालको सघन कक्षमा राखेर उपचार हुंँदै आएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।