साङ्केतिक तस्विर

एजेन्सी । कोरोना भाइरसका कारण फुटबल गतिविधि बिस्तारै सुरु हुँदै गर्दा फिफा क्लब विश्वकप हुनेमा भने शंका बढेको छ । फिफाले हाललाई प्रतियोगिता स्थगित गर्दै सम्भावित मितिबारे अध्ययन गर्ने बताएको छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) को ७०औं कंग्रेसले कोरोना महामारीका कारण डिसेम्वरलाई फिफा विश्वकप आयोजक राष्ट्र कतारमा हुने फिफा क्लब विश्वकप नहुने सम्भावना बढेको जनाएको हो ।

कोभिड १९ का कारण केही अन्तर्राष्ट्रिय क्लब प्रतियोगिता डिसेम्बरसम्म पनि नसकिने भएपछि यो वर्षको फिफा क्लब विश्वकप हाललाई पछि सारिने र सम्भावना नभए रद्द नै गर्न सकिने फिफा अध्यक्ष जियानी इन्फान्टिनोले बताएका छन् । फिफा क्लब विश्वकप ६ वटा क्षेत्रीय कन्फेडेरेसनको क्लब च्याम्पियनहरुबीचको प्रतियोगिता हो । विशेषगरी दक्षिण अमेरिकाको कोपा लिबर्टाडोरेस प्रतियोगिता ढिलाई भइरहेको छ । यसको अर्थ यसवर्षको फिफा क्लब वल्डकप २०२१ मा गर्न सकिने अथवा रद्द नै हुन सक्नेछ ।

फिफा अध्यक्ष इनफान्टिनोले यसवर्ष नै गर्न सकिने गरी थप छलफल गरिने बताएका छन् । ‘हामी पक्कै पनि यो हेर्न चाहन्छौं । हामी सबै कन्फेडेरेसनहरु र सबै सहभागी क्लबहरुसँग परामर्श गर्दछौं । फुटबलको लागि उत्तम निर्णय लिन्छौं,’ अध्यक्ष इनफान्टिनोले भने । गतवर्ष ब्राजिली क्लब फ्लामेंगोलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै इंग्लिस क्लब लिभरपुल च्याम्पियन बनेको थियो । रोवर्टाे फिर्मिनोले ९९औं मिनेटमा निर्णायक गोल गरेका थिए । यसपटक युरोपेली च्याम्पियन बायर्न म्युनिखले प्रतियोगितामा दाबेदारी प्रस्तुत गर्नेछ । हाम्रो खेलकुदबाट


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।