हेटौँडा । शुक्रबार मात्र कोरोना संक्रमण भएको खबर थाहा पाएका बकैया गाउँपालिकामा कार्यरत एकजना इन्जिनियरको आज दुर्घटनामा मृत्यु भएको छ । बकैया गाउँपालिकामा भुकम्प प्राधिकरणको तर्फबाट कार्यरत रहेका इन्जिनियर दिपेन्द्र अधिकारीको आज मकवानपुरको रजैयामा मोटरसाईकल दुर्घटनामा मृत्यु भएको हो ।

बकैयामानै आइसोलेसनमा बस्नु भन्दा घरमा बस्न आउनु भन्ने, यता स्याहार हुन्छ भन्ने खबर आएको भन्दै बिहानै नीजि मोटरसाईकलमा घर (चितवन) हिडेका अधिकारीको रजैयामा मृत्यु भएको हो । खबरब्रेकलाई प्रतिक्रिया दिँदै बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले भनिन् : हामीले उहाँलाई सकेसम्म नजानु, यहि बस्नु भन्यौ, तर उहाले घरको परिवारले फोन गरेका आउनको लागि आग्रह गरेको बताउनु भयो, हामीले जानेनै भए एम्बुलेन्स मार्फत जानु भन्दा उहालले आफुलाई केहि समस्या नभएको भन्दै मोटरसाईकलमानै जान्छु भन्नुभयो, र जानुभयो, दुखद घटना भयो ।

कोरोना संक्रमण भएको भएपनि उहाँमा कुनै किसिमको लक्षण नदेखिएको बोलखेले बताईन् । कोरोना पुष्टि भएपछि घर परिवारले फोन गरेकै कारण जाने निर्णयमा पुगेका अधिकारी घर पुग्न भने पाएनन् । उनी सबार ना ४९ प २४०० नंबरको मोटरसाईकल र चितवनबाट हेटौँडा आउँदै गरेको बा ३ ख ९६६४ नंबरको मिनिबस एक आपसमा ठक्कर खाँदा अधिकारीको मृत्यु भयो । उनको शव हाल हेटौँडाको चुरेहिल अस्पतालमा छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।