हेटौंडा । हेटौंडामा संविधान दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

हेटौंडा तरुण दल ४ नंबर वडा कमिटीको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रममा २ महिलासहित ५२ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक दिपेश खड्गीले जानकारी दिए ।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका कार्यवाहक सभापती विष्णु प्रसाद लामिछाने, नेपाली कांग्रेस हेटौंडा ४ नंबर सभापति हरि प्रसाद पौडेल लगाएतको सहभागिता रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।