अमेरिकामा आगामी ४८ घण्टापछि प्ले स्टोर र आइओएस स्टोरबाट टिकटक र वि च्याट हट्ने भएको छ ।अमेरिकी वाणिज्य मन्त्रालयले यी दुई एप कुनै पनि एप स्टोरबाट कुनै पनि प्लेफर्ममा उपलब्ध नहुने स्पष्ट गरेको छ ।

अमेरिकी सरकारले राष्ट्रिय सुरक्षाको प्रश्न उठाउदै चर्चित चिनियाँ एपमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।वि च्याट आधिकारिक रुपमा आइतबारबाट अमेरिकामा बन्द हुने छ भने टिकटक भने नोभेम्बर १२ सम्म चल्ने छ ।

अब यसको अन्तिम विकल्प राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै नयाँ निर्णय गरे मात्र रहेको अमेरिकी मिडियाले बताएका छन् ।राष्ट्रपति ट्रम्पले जारी गरेको कार्यकारी आदेशविरुद्ध अदालत गएको टिकटकले आफुहरु कानुनी लडाई लड्ने बताएको छ ।

वी च्याट र टिकटक दुवैले यस्तो निर्णय दुर्भाग्यपूर्ण भएको बताएका छन् । दुवै कम्पनिले यसको दिर्घकालिन समाधानका लागि अमेरिकी सरकारसँग निरन्तर छलफलमा रहेको बताएका छन् ।

पछिल्लो पटक माइक्रोसफ्टको टिकटक किन्ने प्रयास असफल भएपछि अर्को कम्पनि ओराकलले टिकटकको अमेरिकी साझेदार बन्ने घोषणा गरिएको छ । तर यसलाई राष्ट्रपति ट्रम्पले अनुमति दिएमात्र यो अगाडी बढ्ने छ ।

यस अघि माइक्रोसफ्टले आफ्नो ब्लगमा टिकटकको निर्माता कम्पनि बाइटडान्सले माइक्रोसफ्टलाई टिकटकको अमेरिकाको अप्रेशन नबेच्ने जानकारी गराएको उल्लेख गरेको थियो । माइक्रोस सफ्टले अमेरिकी कानुन अनुसार माइक्रोसफ्टले सुरक्षा र प्रभावकारिताको हिसाबले उत्कृष्ट प्रस्ताव दिएको उल्लेख गरको छ ।

सेप्टेम्बर २० मा अमेरिकाको वाणिज्य मन्त्रालयले टिकटकलाई औपचारिक रुपमा अमेरिकामा प्रतिबन्ध लगाउने बताइएको छ । यस अघि ट्रम्पले ४५ दिनको समय दिदै प्रतिबन्ध लगाउने आदेश जारी गरेपछि टिकटक सो आदेशको विरुद्ध अदालतमा समेत गएको छ ।
ट्रम्पकै पहलमा माइक्रोसफ्ट र वालमार्टको साझेदारीमा टिकटक किन्ने प्रयास असफल भएपछि ओराकल आगाडी आएको हो ।

टिकटकको सबैभन्दा ठुलो बजार रहेको भारतले टिकटकमाथि प्रतिबन्ध लगाएकोछ । टिकटकको अमेरिका भारत र चीनपछि तेस्रो ठुलो बजार रहेको छ ।

अमेरिकासहितका देशले टिकटक प्रयोगकर्ताका डाटा सुरक्षित नभएको आरोप लगाउदै चीनले प्रयोगकर्ताको सूचना लागिरहेको आरोप लगाइरहेका छन् । तर टिक टकले भने आफ्नो सर्भर अमेरिकामै रहेको र सिंगापुरमा ब्याकअप सर्भर रहेको बताउदै आएको छ ।

चीन सरकारसँग टिक टकको डाटामा पहुँच नभएको दाबी गर्दै टिक टकले अन्तर्राष्ट्रिय रुपमा विश्वास दिलाउन हङकङमा नयाँ साइबर सुरक्षा कानुन लागु हुनासाथ अघिल्लो महिना आफ्नो अप्रेशन बन्द गर्ने निर्णय गरेको थियो ।

विश्वका ४० भाषामा उपलब्ध यो शर्ट भिडियो सेयरिंग एप टिक टकका अहिले ८ सय मिलियन भन्दा बढी सक्रिय प्रयोगकर्ता रहेका छन् । यो एप अहिलेसम्म २ बिलियनभन्दा बढी पटक डाउनलोड भएको छ । साथै यो एप्पलको एप स्टोरमा सर्बाधिक डाउनलोड भएको एप यो । एप स्टोरमा यो ३३ मिलियन डाउनलोड भएको छ ।

टिक टक अहिले प्रतिबन्ध रहेको भारतमा मात्र यसका ६११ मिलियन प्रयोगकर्ता रहेका छन् भने चीनमा १९७ मिलियन र अमेरिकामा १६५ मिलियन प्रयोगकर्ता रहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।